काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि वर्षा हुने

news-details

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि पानी पर्ने सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका स्थानमा सोमबार साँझ र मंगलबार बिहान पनि पानी परेको छ । पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने मौसमविदको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *