एनआरएनए डब्लुएको कोषाध्यक्षमा पुष्प तामाङले उम्मेद्धवारी दिने घोषणा
- रोजगारमञ्च
- जेष्ठ २१, २०८२
- 0

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलिया (डब्लुए)को आगामी २०२५–२७ कार्यकालका लागि पुष्प तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तामाङ सोसाइटी अफ पर्थ वेष्र्टन अष्ट्रेलियाका उपाध्यक्ष रहेका तामाङले एनआरएनएले आयोजना गरेको नेपाल फेष्टिवल पर्थको टाक्सफोर्समा बसेर सफलतापुर्वक काम गरिसकेका छन् ।
एनआरएनए अभियानमा आफ्नो अनुभव र नेपाली समुदायका लागि निस्वार्थ काम गर्ने भावानाका कारण आगामी कार्यकालका लागि तामाङले एनआरएनए वेष्टर्न अष्ट्रेलियाको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आधा दशक भन्दा बढि समयदेखि अष्ट्रेलियालाई कर्म भुमि बनाएर बसिरहेका तामाङ नेपाली समुदायमा राम्रोसँग भिजेका छन् । उनी भन्छन्–‘ यो समयमा मैले हाम्रो नेपाली समुदायलाई नजिक बाट नियालि रहेको छु, बुझिरहेको छु, अझ सामाजिक सेवामा लाग्नको लागि एनआरएनए डब्बुएमा कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी दिन पाउदा म आफुलाई भाग्यमानी ठान्दछु ।’
तामाङले आफ्नो उम्मेदवारीसँगै संस्थालाई चलायमान बनाउनका लागि आर्थिक स्रोत जुटाउने र आर्थिक पारदर्शिता प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपाली समाजका लागि अझ धेरै योगदान दिनका लागि अगाडि बढ्न लागेकाले सबैको साथ र सहयोगको अपेक्षा राखेका छन् ।
नुवाकोट, तादीमा जन्मिएका तामाङले नेपालमा रहँदा पनि सामाजिक कार्यमा सक्रिय भएर लागेका थिए । महाभुकम्प जाँदा होस् या बाढि पहिरो जाँदा समाजका लागि उनको सक्रियता बढिहाल्थ्यो । त्यही सामाजिक भावनालाई प्रवासी भूमीमा लगाउनका लागि एनआरएनए जस्तो ठूलो सञ्जाल भएको संस्थामा रहेर काम गर्ने तामाङको योजना रहेको छ ।
एनआरएनए अष्ट्रेलियाले आगामी जुन ६ तारिखसम्म मात्र सदस्यता खुल्ला गरेको छ । अष्ट्रेलियामा रहनु भएका सम्पुर्ण नेपालीहरुमा समयमा नै सदस्यता बन्न तथा नविकरण गर्नका लागि तामाङले अपील गरेका छन् ।