एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिवमा प्रेम शाहीले उम्मेद्धवारी दिने घोषणा

news-details

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलियाको आगामी कार्यकालका लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए अभियानमा आफ्नो अनुभव, आत्मविश्वास र नेपाली समुदायका लागि निस्वार्थ काम गर्ने भावानाका कारण आगामी कार्यकालका लागि शाहीले एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली समुदायमा परिचित शाहीले अग्रजको सल्लाह र आग्रहमा एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिव पदमा रहेर काम गर्न इच्छुक रहेको जनाएका छन् । सन् २०१७ देखि एनआरएनएमा सक्रिय रूपमा संलग्न रहँदै आएका शाही वेष्टर्न अष्ट्रेलियाको युवा सदस्य (२०१७–२०१९) र कार्यकारी सदस्य (२०१९–२०२१) भएर काम गरिसकेका छन् ।

नेपाली समाजमा भिजेका शाहीले आफुले सकेको आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएका छन् । अष्ट्रेलियामा नेपाल चिनाउनका लागि नेपाली रेष्टुरेन्ट संचालन गरिरहेका शाहीको चुलो रेष्टुरेन्ट पर्थमा प्रख्यात रहेको छ । सफल व्यवसायीको पहिचान बनाएका शाहीले अझै समाजका लागि काम गर्नका लागि एनआरएनएको माध्यम रोजेको बताएका छन् ।

पर्थमा रहेका नेपाली खेलकुद क्लबहरू तथा अन्य धेरै समुदाय केन्द्रित संस्थाहरूमा काम गर्दै सहयोग गरिरहेका शाही युवा समुदायमा मात्र नभएर आम नेपाली समुदायमा परिचित छन् । उनी भन्छन्–‘मैले हाम्रो समुदायका आवश्यकताहरू, चुनौतीहरू र आकांक्षाहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको छु, यही अनुभवलाई एनआरएनएको सचिव भएर काम गर्न लगानी गर्नेछु ।’

आफ्नो उम्मेदवारीले नेपाली समुदायलाई एकताबद्ध, समावेशी र सशक्त बनाउन महत्वपुर्ण भूमिका खेल्ने शाहीको भनाई छ । शाही भन्छन्–‘नेपाली समुदायलाई एकतावद्ध बनाउनु नै मेरो प्रमुख उदेश्य रहेकोछ, त्यसै गरी दोश्रो पुस्तालाई नेपालमा जोड्नका लागि महत्वपुर्ण भूमिका खेल्नेछु ।’

म्याग्दीको बेनीमा जन्मिएका शाहीले पृथ्वी नारायण क्याम्पस पोखराबाट उच्च शिक्षा हाँसिल गरेर केही बर्ष पोखरामा नै काम गरेको अनुभव रहेको छ । सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया प्रवेश गरेका शाहीले अष्ट्रेलियालाई नै कर्मथलो बनाइरहका छन् । शाहीले पर्थमा सफल नेपाली व्यवसायीको पहिचान बनाएका छन् ।

एनआरएनए अष्ट्रेलियाले आगामी जुन ६ तारिखसम्म मात्र सदस्यता खुल्ला गरेको छ । अष्ट्रेलियामा रहनु भएका सम्पुर्ण नेपालीहरुमा समयमा नै सदस्यता बन्न तथा नविकरण गर्नका लागि शाहीले अपील गरेका छन् । एनआरएनए जस्तो ठूलो संस्थामा शाहीलाई सचिव पदमा ल्याउन पाउँदा पर्थमा रहेका एनआरएनए अगुवा मात्र नभएर सबै सदस्यहरु खुशी हुनेछन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *