स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली
- बैशाख ३१, २०८२
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् ।
एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ ( एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन् ।
उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ ।
यस समुदायका हकहितका कुराहरुसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ । कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन । कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन । ’
साथै उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए । उनलेसंस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए ।
उनले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन । एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो नत्र भने यसका उदेश्यहरु पूरा हुन सक्दैनन् । यसका उदेश्य पूरा गर्न जे कारणले यसको स्थापना भएको थियो ति कारणहरु कार्यान्वयन भएका छैनन् । यस संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै मेरो साथ रहन्छ ।’