नयाँ एनआरएनए बनाउने संयोजक घलेको उद्घोष, ‘मे’को अधिबेशन गराएरै छाड्ने अठोट

news-details

गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले सर्वोच्च अदालतको परमादेश अनुसार तोकिएकै समय मे महिनामा एकताको महाधिबेशन हुने जनाएको छ ।

एसोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै एनआरएनए उच्च स्तरीय समितिका संयोजक डा. शेष घलेले सर्वोच्च अदालतको परमादेश अनुसार तोकिएको समयमा नै निर्वाचन गरेर नयाँ एनआरएनए बनाउने बताएका छन् ।

संयोजक तथा एनआरएनएका पुर्व अध्यक्ष डा. घलेले भने–‘ अव न्यू एनआरएनए बनाउने हो, पुरानोमा फर्कने होइन, अव अगाडि बढ्ने हो ।’ एनआरएनएलाई सुधार्ने र नयाँ चिराबाट अगाडि बढ्ने वेला आएकोले विश्वभर रहेका एनआरएनए डेलिगेट्सलाई काठमाडौंमा आएर एकताको महाधिबेशन सफल बनाउन र आआफ्नो जिम्मेवारी पुरा गर्न अध्यक्ष डा. घलेले आग्रह गरेका छन् ।

संयोजक घलेले महाधिबेशनको मिति तल माथि गर्ने कुनै छुट नभएकाले तोकिएको समयमा कार्यक्रम सफल बनाउनका लागि सम्पुर्णरुपमा तयार रहेको बताए । उनले भने–‘ मिति तल माथि गर्ने हामीलाई छुट छैन, नत्र अदालतको मानहानी हुन्छ, यदि प्राकृतिक विपत्ती वा कावुभन्दा बाहिरको समय आयो भने फरक कुरा हो, नभए हामी समयमा नै महाधिबेशन गराएरै छोड्छौं ।’

एकताको महाधिबेशनमा नआउने समुहप्रति इंगित गर्दै संयोजक घलेले भने –‘हामीले सबैलाई पारदर्शीढंगबाट महाधिबेशनको प्रकृया अगाडि बढाउँदा पटक पटक निमन्त्रणा गर्यौ, १४ वटा मिटिङ गर्यौ, अनि पनि नआउने हो भने हामी केही गर्न सक्दैनौ ।’ उनले कानूनभन्दा बाहिर भएर अराजकताले सस्था नचल्ने भएकाले अदालतको परामादेश अनुसार एकताको महाधिबेशन नै आजको आवश्यकता भएको बताएका छन् ।

कार्यालय तथा सचिवालय कब्जा गरेर अराजकता देखाउने र कानूनभन्दा बाहिर जाने अधिकार कसैलाई नभएको भन्दै घलेले आफुहरु सभ्य र पारदर्शी ढंगबाट अगाडि बढेको बताए ।

एकताको महाधिबेशनका लागि ७३ वटा देशबाट सहभागिता जनाएकोमा १६ हजार २ सय ८३ जना आफ्नै पोर्टलबाट निशुल्क सदस्य बनेको र ४ वटा एनसीसीले (कतार, यूके, यूएसए, इटाली) ४७ हजार सदस्यको नामावली उच्चस्तरीय समितिमा पठाएर ६३ हजार ३ सय ३९ जना सदस्य बनेको जानकारी समितिकी सदस्य जानकी गुरुङले दिइन् ।

उच्चस्तरीय समितिका सदस्य कुल आचार्य, रविना थापा र विनोद कुँवरले एनआरएनएको महाधिबेशन सफल बनाउनका लागि आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा एनआरएनए अभियन्ता आरके शर्मा, खगेन्द्र न्यौपाने, कृष्ण गिरी, पुष्प थापालगायतको उपस्थिति रहेको थियो ।

यता गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले सरकारी उच्च पदाधिकारीलाइे भेटेर एनआरएनएको विवाद र समाधानका विषयमा जानकारी गराइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसककंग छुट्टछुट्टै भेटेर एनआरएनभित्र देखिएको समस्याबारे जानकारी गराएको छ ।

अध्यक्ष केसीले सबै पदाधिकारीलाई काठमाडौं बोलाइसकेका छन भने प्रधानमन्त्री, गृहमन्त्रीलगयात अन्य उच्च पदस्थ पदाधिकारीलाई भेट्ने कार्यक्रम राखेको छ । उच्चस्तरीय समितिले विधान विपरित महाधिबेशन गर्न लागेको आरोप उनीहरुको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *