‘एनआरएनएका कमी कमजोरीलाई सुधार्दै सबै एक हुनका लागि एकता अभियान नै अन्तिम विकल्प हो’

news-details

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका बेला प्रतिनिधि छनोटको विषयमा देखिएको चरम बिवाद र असन्तुष्टिले गर्दा २ फरक अधिवेशन भए । याक एन्ड यती होटलमा डा.शेष घलेको समर्थनमा भएको अधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा कार्यसमिती गठन गर्यो भने फुटको संघारमा अगाडि बढ़ेको संस्थालाई जोगाउने उद्देश्यका साथ उक्त अधिवेशनमा नेतृत्वमा जान चुनावी प्रतिस्पर्धामा रहनुभएका अध्यक्षका उम्मेदवार कुल आचार्य, डा. बद्री के.सी र रविना थापाको समूहलाई परराष्ट्र मन्त्रालय सहित देशका राजनीतिक पार्टीहरूको आपसी सहमती र समर्थनमा ३ अध्यक्ष बनाएर हिमालयन होटलबाट अर्को महाधिवेशन सम्पन्न भयो ।

बिनोद कुँवर समूहलाई पनि मिलाएर ११ औं अधिबेशनलाई एकताको महाअधिवेशन गराउने अधिकारसहित सहमतिमा ३ अध्यक्ष बनेको कार्यसमितिले एकताको प्रयास गरे पनि सफल हुन सकेन । संस्थापन पक्षको सोल्टी होटलमा भएको ११ औं अधिवेशनमा नेतृत्वको लागि महेश श्रेष्ठ, डा. बद्री के.सी. र आरके शर्मा समूह निर्वाचनमा थियो । निर्वाचन सम्पन्न भइसकेपछि नतिजा सार्बजनिक गर्ने क्रममा देखिएका केही प्राविधिक त्रुटि, कमजोरी र अन्य कारणबस फेरि विवाद शुरु भयो । संस्थापन पक्ष पनि विभाजित भई नजितामा असंतुष्ट पक्षको अर्को समानान्तर कमिटी गठन भयो ।

तर अहिले सर्वोच्च अदालतले एनआरएनए भित्र भएको विवाद अन्त्यका लागि पुनः एकता अभियान गराउँनका लागि एनआरएनएका पुर्वअध्यक्ष डा. शेष घलेलाई आदेश दिएको छ । तर अझै पनि एनआरएनएको एकता अधिवेशन कहिले हुने भन्ने टुंगो लागिसकेको छैन । कतिले आगामी मे महिनामा नै गर्नु पर्ने माग राखेका छन् त कतिपयले अक्टोवरमा गर्नुपर्ने धारणा राखेका छन् ।
कतारका सफल व्यवसायी तथा एनआरएन अभियन्ता आरसी पन्त भने एनआरएनएले हिजोका दिनमा जुन स्वर्णिम इतिहास रच्न सफल भएको थियो त्यो सबैको साझा प्रयत्नबाट भएको र एनआरएनए भित्रका कमीकमजोरीहरु पनि साझा नै भएका कारण यसलाई सुधारेर अगाडि बढ्दा हिजोको स्वर्णिम युगभन्दा राम्रो इतिहास लेख्ने अवसर मिलेको बताउँछन् ।

एनआरएनए बिनोद कुँवरको समर्थनमा रहेर एनआरएनएको एकतामा जुटेका पन्त सम्पूर्ण एनआरएनए एक हुनका लागि अन्तिम विकल्प एकता अभियान भएको र यसको उपयुक्त समय आगामी मे महिनामा घोषणा गरिएको एकता अधिवेशन नै रहेको बताउँछन् ।

एनआरएनएमा नेपालीहरुको ठूलो संख्या भएको कारणले गर्दा धेरै मान्छेहरुको धेरै किसिमका अलग विचारहरु आउनु स्वभाविक भएको उनी बताउँछन । विचारको विविधताकै बिचबाट उत्तम विचारको छनौट गर्न सकिने र यसो हुन सके विवादको अन्त्य हुने उनको भनाई छ ।

आफ्नो मत मतान्तर र इगोलाई टाढा राखेर यो अभियान सबैको साझा अभियान भएका कारण सबै ऐक्यबद्ध हुँदा नै संस्थाले इज्जत, मान, प्रतिष्ठा, सम्मान पाउने हुँदा आफ्ना सानातिना कमी कमजोरीहरुलाई थाती राखेर अगाडि बढिदिनको लागि उनी सबैलाई अनुरोध गर्छन् ।

उनी भन्छन् ‘गैरआवासिय नेपाली संघ विभिन्न टुक्राहरुमा विभाजित हुँदै गर्दा माथिल्लो तहमा जसरी विभाजन भयो तल्लो तहमा आउँदा त्यो परिवेश भएन । तल्लो तहमा एनआरएनए एक रहनुपर्छ भन्नेमा आम एनआरएनहरुमा ऐक्यवद्धता रह्यो । तथापी विभिन्न कारणले गर्दा जुन दुर्घटना भयो । गैरआवासिय नेपाली संघको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुनेगरि जुन वातावरण बन्यो त्यो दुर्भाग्यपूर्ण छ । ढिलै भएपनि सर्वोच्च अदालतको फैसलाबाट एकताको अभियानलाई अगाडि बढाउने सन्दर्भमा एउटा मार्गनिर्देश भएको छ । र हामी सबैका लागि त्यो एउटा ठूलो अवसर र चुनौती हो ।’

अहिले एनआरएनए एकताको लागि उपयुक्त अवसर आएको र एनआरएनएको साझा अभियानलाई सबै नेपालीहरुले अनुभूत गर्नेगरी अगाडि बढ्न सक्ने सम्भावनाको ढोका खुल्ला भएको उनको भनाई छ । उनी भन्छन ‘अब हामीले यो समयकालमा जुन किसिमको अन्र्तद्धन्द, मत मतान्तरको विकास ग¥यौ । यसलाई व्यवस्थापन गर्न चुनौती भएपनि हामीसँग अर्को विकल्प छैन । एकताको अर्को विकल्प नभएको कारणले गर्दा विभिन्न उपाय अपनाएर यसलाई सफलता साथ पुरा गर्नुपर्छ ।’

‘हिजो एनआरएनएको स्वर्णिम अक्षर लेख्ने काम पनि हामीबाटै भएको हो । यो अभियानलाई धमिल्याउने काम पनि हामीले नै ग¥यौ । त्यसकारण अहिले हामी एकताको पूर्वसन्ध्यामा आउँदा कसले धमिल्यायो र कसले उपयुक्त बनायो भन्ने यो समय होइन । यी कमी कमजोरीहरुलाई सुधारेर हामी अगाडि बढ्दा हिजोको स्वर्णिम युगभन्दा राम्रो इतिहास लेख्ने अवसर मिलेको छ यसको समुचित प्रयोग गरेर एउटा उज्यालो एनआरएनएको कालखण्ड निर्धारण गर्न सक्छौ ।’

एनआरएनएमा नेपालीहरुको ठूलो संख्या भएको कारणले गर्दा धेरै मान्छेहरुको धेरै किसिमका अलग विचारहरु आउनु स्वभाविक भएको उनी बताउँछन । विचारको विविधताकै बिचबाट उत्तम विचारको छनौट गर्न सकिने र यसो हुन सके विवादको अन्त्य हुने उनको भनाई छ ।

अहिले अदालतले जुन फैसला दिएको छ त्यसको अधिनमा रहेर ‘मे’ महिना भित्र अधिवेशन गर्नैपर्ने बाध्यता रहेको र यदि कसैले मे भन्दा पछि कुनै समयमा अधिवेशन गरौ भन्ने हो भने अधिवेशन नगरौ भन्ने अर्थ लाग्ने उनको भनाई छ । ‘मे भन्दा पछाडि जाने सुविधा हामीलाई प्राप्त छैन, त्यसले गर्दा हामीलाई कानुनी रुपमा जुन समयसीमा दिइएको छ त्यो समयसीमा भित्र रहेर भव्यताका साथ अधिवेशन गर्न सकिन्छ’ उनी भन्छन ।

अहिले कतिवटा समुह छन भन्दापनि यी समुहको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्वपुर्ण रहेको पन्त बताउँछन । सर्वोच्चको फैसला र पछिल्लो पटक प्राप्त पत्रहरुले कसको जय र कसको पराजय भयो भन्नुभन्दा पनि सिंगो संस्थाको जित होस् भन्ने कुरालाई केन्द्रमा राखेर अगाडि बढेको खण्डमा एकताका साथ अगाडि बढन सकिने उनको भनाई छ ।

उनी अघि भन्छन ‘हिजो एनआरएनएको स्वर्णिम अक्षर लेख्ने काम पनि हामीबाटै भएको हो । यो अभियानलाई धमिल्याउने काम पनि हामीले नै ग¥यौ । त्यसकारण अहिले हामी एकताको पूर्वसन्ध्यामा आउँदा कसले धमिल्यायो र कसले उपयुक्त बनायो भन्ने यो समय होइन । यी कमी कमजोरीहरुलाई सुधारेर हामी अगाडि बढ्दा हिजोको स्वर्णिम युगभन्दा राम्रो इतिहास लेख्ने अवसर मिलेको छ यसको समुचित प्रयोग गरेर एउटा उज्यालो एनआरएनएको कालखण्ड निर्धारण गर्न सक्छौ ।’

यतिबेला मध्यपूर्व लगायत विश्वबाटै एनआरएनएको अधिवेशन गराउँने सन्दर्भमा अलग अलग मत आइरहेकोमा सबैले आफ्नो मत मतान्तरलाई र आफ्नो इगोलाई टाढा राखेर यो सबैको साझा अभियान हो भनेर लाग्ने हो भने एनआरएनएको एकता अभियान एकदम सहज रुपमा अगाडि बढ्ने र सबै विवादको अन्त्य हुने पन्त बताउँछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *