अन्तर्राष्ट्रिय म्याराथनको लागि गैरआवासीय नेपाली संघको सहयोग
- माघ ३०, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/NRN_Pokhara-1.jpg)
गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय म्याराथन आयोजनाका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय म्याराथनको लागि संघका सचिव राधिका गुरूङ (टिका), आइसीसी सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूङले पोखरा महानगरपालिका नगरप्रमुख धनराज आर्चाय र नेपाल भूतपूर्व खेलाडी मन्चका अध्यक्ष डिल काजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
सहयोग रकम हस्तान्तरण गर्दै संघका सचिव गुरूङले सबैको साझा उद्देश्य नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु रहेको र यस्ता प्रतियोगिताहरुलाई सफल बनाउन सहयोग गर्न पाएकोमा खुसी लागेको बताइन ।
नेपाल भूतपूर्व खेलाडी मन्चले आगामी ०३ फागुन २०८१ (१५ फरवरी २०२५) मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिताले पोखरा र नेपालको खेलकुदको प्रतिष्ठा विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।