काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुदा तीनजना विद्यार्थीको मृत्यु, ४० घाइते

news-details

काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा तीनजना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४० जना विद्यार्थी घाइते भएका छन् ।

चाबहिलमा रहेको एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको हो ।

घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया