सरकारले ल्याएको भिसा अध्यादेशप्रति एनआरएनहरुको मिश्रित प्रतिक्रिया

news-details

सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गरेकोमा यसमा एनआरएनहरुले मिश्रित प्रतिक्रिया दिएका छन ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिलाई १० वर्ष सम्म निःशुल्क भिसा दिनेगरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले सरकारको यस निर्णय सकारात्मक भएपनि आफूहरुले यसलाई आंशिक उपलब्धीका रूपमा लिएको बताएका छन । ‘आर्थिक, सांस्कृतिक, सामाजिक अधिकारसहितको नागरिकताको कार्यान्वयनमा नै हाम्रो जोड हो । तर, सरकारले जुन निर्णय लिएको छ । यसलाई हामिले स्वागत गर्दछौँ । यो हाम्रो आंशिक सफलता हो’ उनले भने ‘१० वर्षको निःशुल्क भिसा मात्रै होइन, भिसा नै नचाहिने बनाउने हाम्रो प्रयास हो ।’

यता एनआरएनएका महासचिव गौरीराज जोशीले भने सरकारले ल्याएको अध्यादेशले गैरआवासीय नेपालीको संविधानप्रदत्त अधिकार खोसिएको आरोप लगाएका छन । उनले भने ‘गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपाल आवत–जावत गर्दा भिसा लिनुपर्ने व्यवस्था नै गलत हो ।’

लगानीमा पनि विभेदपूर्ण नीति लिइएको भन्दै जोशीले यी विधेयकहरू परिमार्जन गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एक ठाउँमा उभिएर दबाब सिर्जना गर्न आग्रह समेत गरेका छन् ।

गैरआवासीय नागरिकता बाहकले नेपालमा भिसा नलिइ सहजै आवतजावत गर्न पाउनुपर्ने व्यवस्था सरकारले लागू गर्नुपर्ने माग एनआरएनएको छ । नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *