संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनहरुलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

आइतबार नेपाली होटल व्यवसायी संघको रजत जयन्ती तथा स्मारिका बिमोचन समारोहमा बोल्दै उनले पर्यटनको सहजताका लागि नीति नियम परिवर्तन गरेर होटल व्यवसायमा रहेका व्यवसायीको लागि व्यावसायीमैत्री वातावरण बनाउन सधैं अगाडि बढ्न तयार रहेको बताएका हुन् ।

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

उनले भने, ‘पर्यटन क्षेत्रको विकासको लागि होटल मुख्य क्षेत्र हो । होटलले सुमधुर साझ बिताउने एउटा मौका दियो भने पर्यटकलाई दोहोरिएर आउँछ । पर्यटकले सुनौलो बिहानी बिताउने र शान्त र शुभ रात्रि बिताउन पाउने खालको वातावरण बन्यो भने मात्रै पर्यटक फेरी आउन सक्छ । पटक पटक आउन सक्छ , यसका लागि सबै मन्त्रालयले के गर्नुपर्छ , निजी क्षेत्रले के गर्नुपर्छ, होटल क्षेत्रका लागि के गरिनुपर्छ भन्ने खालको एउटा नीतिगत र कानूनी सुधारहरु गरेर होटेल व्यवसायमा हुनेहरुलाई सहजता प्रदान गर्नका लागि होटेल व्यावसायीमैत्री वातावरण बनाउनका लागि म प्रतिबद्ध छु ।’

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

यस्तै कार्यक्रममा बोल्दै बाग्मति प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खडकीले आफु काठमाडौ महानगरको उपमेयर हुदा संघसँगको सहकार्यमा धेरै सामाजिक कार्यहरु गरेको स्मरण गरिन । मन्त्री खडकीले आफुले होटल व्यवसायीका पीरमर्का राम्ररी बुझेको उल्लेख गर्दे यस क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग पहल गर्ने बताइन ।

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नयाँ बसपार्क क्षेत्र ७७ वटै जिल्लाका नागरिकहरु आइपुग्ने क्षेत्र भएका कारण पनि सरकारले यस क्षेत्रलाई आन्तरिक पर्यटन प्रवद्धन गर्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रमा रहेका होटलहरुको प्रवद्र्धन र बिकासका लागि आफु प्रतिवद्ध भएको बताउँदै दक्ष जनशक्ति तयारका लागि संघसँग सहकार्य गर्न तयार रहेको बताए ।

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गणेश ढकालले व्यवसायीहरुले लाखौ लगानी गरी साना तथा मझौला होटल संचालन गर्दै आएपनि यस्ता होटल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएकोमा दुःख व्यक्त गरे । नयाँ बसपार्क क्षेत्रमा सामान्यदेखि सुविधासम्पन्न होटलहरु संचालनमा रहेको बताउँदै उनले यस क्षेत्रमा रहेका विकृति विसंगती अन्त्यका लागि स्थानीय निकाय, प्रहरी प्रशासन तथा स्थानियहरुसँग मिलेर संघले निरन्तर काम गरिरहेको बताए ।

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

‘नयाँ बसपार्क क्षेत्रमा केही होटलले खराब काम गरेहोला तर त्यसलाई लिएर सबै होटललाई एउटै नजरले हेर्नुभएन’ उनले भने ‘सरकारले पर्यटन नीतिमार्फत साना तथा मझौला होटललाई पनि सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो माग हो, यसो हुन सके वैदेशिक रोजगारीमा जानेहरु हामीजस्तै यही स्वरोजगार हुनेछन, होइन भने हामी पनि झोला बोकेर हिडन बाध्य हुनेछौ ।’

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता

कार्यक्रममा संघ स्थापनादेखि हालसम्मका आरोह अवरोह समेटिएको रजत जयन्ती विशेष स्मारिकासमेत विमोचन गरिएको थियो । यस्तै संघका पूर्वअध्यक्षहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने पूर्वपदाधिकारी तथा सल्लाहकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता