एनआरएनए अष्ट्रेलियाका सदस्य श्रेष्ठको पहिरोपीडित भुजेललाई आर्थिक सहयोग
- रोजगारमञ्च
- कार्तिक ७, २०८१
- 0
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सदस्य तथा पर्थका सफल व्यवसायी सुनिल श्रेष्ठले दोलखाका पहिरोपीडित बालकलाई आर्थिक सहयोग गरेका छन् ।
श्रेष्ठ नेपाल आएको अवसरमा दोलखा पुगेर गत असोज १२ गते भीमेश्वर नगरपालिका ६ सिमपानीको पहिरोमा परि बाँच्न सफल भएका दुई वर्षको साहिल भुजेललाई आर्थिक सहयोग गरेका हुन् ।
एनआरएनए श्रेष्ठ र अष्ट्रेलियन बौद्ध भिक्षु छोला जाम्पाद्वारा भिमेश्वर नगरपालिका ६का वडा अध्यक्षको रोहबरमा पीडित बालकको हजुरआमालाई १५ हजार हस्तान्तरण गरेका छन् ।
बालकको भोलिका दिनमा आवश्यक परेमा शिक्षा दिक्षा तथा लालनपालनका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता एनआरएन श्रेष्ठले जनाएका छन् । आफ्नो जन्म जिल्ला पुगेका श्रेष्ठले विभिन्न संघ संस्था एवं व्यक्तिहरूलाई आर्थिक एवं मानवीय सहयोग गर्दै आएका छन् ।
0 प्रतिक्रिया
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको […]
राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही गर्न निर्देशन
चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । […]
भारतीय सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा […]
नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची
नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार […]
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ
ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज कार्यालयबाटै पक्राउ गरेको हो । नेपाल भ्रमणमा रहेका […]