स्वयम्भू र पशुपतिनाथमा पुजाआजा गर्दै ‘एनआरएनए डे’ मनाइयो

अक्टोबर महिनाभर परोपकारी कार्य संचालन गर्ने
news-details

गैरआवासीय नेपाली संघले संस्थाको स्थापना दिवस (एनआरएनए डे) स्वयंभू र पशुपतीनाथ मन्दिरमा पुजाआजा गरी भब्यरुपमा मनाएको छ ।

गैरआवासीय नेपाली संघले हरेक वर्ष ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ ।

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ ।

गैरआवासीय नेपाली दिवसको शुभ अवसरमा संस्थाले शुक्रवार विहान स्वयम्भू नाथ र पशुपति नाथमा पुजा आजा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितमा केन्द्रीय कार्यालयमा झन्डोत्तलन गर्दै मनाएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार स्थापना दिवसको अवसरमा संघले अक्टोवर पुरै महिना बिभिन्न संस्थागत तथा परोपरकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको छ ।

कार्यक्रममा संघका उपाध्यक्ष रोज़ीना प्रधान राई , कोषाध्यक्ष सुदन थापा, सल्लाहकारहरु अतुल कोईराला, टिबी कार्कीलगायतको उपस्थित रहेको थीयो ।

संघले स्थापना दिवसको मुल समारोह तथा वार्षिक साधारणसभा भने आगामी अक्टोवर २७ र २८ तारिख काठमाण्डौंस्थित होटल सोल्टीमा आयोजना गर्ने तयारी गरेको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । वार्षिक साधारणसभामा संस्थाको सांगठानिक तथा आर्थिक प्रतिवेदन पेश हुने संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

विदेशमा रहेका नेपाली र नेपाली मुलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पर्–याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरुको सकृयतामा सन् २००३ अगष्टमा लण्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोवर ११ – १३ तारिखमा काठमाडौमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो।

यता गैरआवासीय नेपाली संघको आरके शर्मा समूहले पनि स्थापना दिवसको अवसरमा जुम अनलाईनबाट भर्चुअल सभा राखि एनआरएन–डे मनाउने भएको छ । शर्मा समूहले शुक्रबार साझ भर्चुअच सभाको आयोजना गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *