एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, सचिवमा मध्यपूर्वबाट शर्माले मारे बाजी (सम्पूर्ण मतपरिणामसहित)
- कार्तिक १, २०७६
- 0
गैरआवासीय नेपाली संघको नवौ विश्वसम्मेलन तथा महाधिवेशनले कुमार पन्तको नेतृत्वमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । नेतृत्वका लागि विहिबार भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा विजयी भएका हुन ।
शुक्रबार विहान सार्वजनिक मतपरिणाम अनुसार चार उपाध्यक्षमा डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा र मन केसी विजयी भए भने महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भइन ।
यस्तै महासचिवमा डा. हेमराज शर्मा, सचिवमा आरके शर्मा र गौरी जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ तथा सहकोषाध्यक्षमा लोक दाहाल विजयी भए । यस्तै युवा संयोजकमा हिमाल गुरुङ र महिला संयोजकमा भोमा लिम्बु विजयी भइन ।
यसअघि बुधबार नै निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि विद्युतिय भोटिङ मेशिनमा खरावी आएपछि विहिबार मतपत्रद्धारा मतदान सम्पन्न भएको थियो । निर्वाचनमा कुल २ हजार ५ सय ७० मतदाता रहेकोमा २ हजार ३ सय ४० मत खसेको थियो ।
हेर्नुहोस मतपरिणामसहित