काठमाडौं । दिल्ली प्रहरीले पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ ।
उनीहरु कक्रोच जनता पार्टी (सीजेपी)ले आज जन्तर–मन्तरमा आयोजना गरेको आन्दोलनमा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
दिल्ली प्रहरीले ममतासहित पाँच सांसदलाई कैदी ओसारपसार गर्ने गाडीमा राखेर अज्ञात स्थानतर्फ लैजाँदै गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरुसँगै धेरै विपक्षी सांसदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








