बूढीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुर्याएकोप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह
- अशोज २५, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन् ।
थापाले आज बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गरेका छन् ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनको आग्रह छ ।
0 प्रतिक्रिया
भक्तपुरमा खुल्यो अन्तर्राष्ट्रियस्तरको सीप तालिम केन्द्र ‘एभरेष्ट मल्टी स्किल’, श्रममन्त्री यादवद्वारा उद्घाटन

युवालाई व्यावहारिक सीप प्रदान गर्दै स्वदेश तथा विदेशमा रोजगारीका अवसरसँग जोड्ने उद्देश्यसहित भक्तपुरको दधिकोटमा एभरेष्ट मल्टी स्किल प्रालि सञ्चालनमा आएको […]
बूढीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुर्याएकोप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै दुईवटा पुलसमेत […]
बुढीगण्डकी बाढी : खोज तथा उद्धार कार्यमा नेपाली सेना परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहानै आएको बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली परिचालन भएको छ । […]
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य […]
बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि […]





