काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
मन्त्री खनाल असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए ।
महासभाका क्रममा मन्त्री खनाल विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चका कार्यक्रममा सहभागी भएका थिए ।








