मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।
आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली आरोहीहरू बेपत्ता भएको आशंका गरिएको छ । हिमाल आरोहणका लागि गएका २२ जना नेपाली गएका थिए ।
उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि काठमाडौंंबाट हेलिकोप्टर मनाङतर्फ गएको छ ।








