मलंगवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध
- अशोज ११, २०८३
- 0
सर्लाही । लगातारको वर्षाका कारण मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
सबस्टेसन डुबानमा परेसँगै आज बिहान करिब ४ बजेदेखि मलंगवा लगायत १० वटा स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको हो ।
हालसम्म पनि सबस्टेसन डुबानमै रहेकाले पानीको निकास भएपछि मात्र विद्युत् प्रसारण पुनः सञ्चालन गर्न सकिने नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण शाखाका प्राविधिक इन्जिनियर सौरभ साहले जानकारी दिए ।
कन्ट्रोल कोठामा समेत पानी पसेका कारण विद्युत् वितरणमा कठिनाइ भएको उनले बताए । मोटर पम्पबाट पानीको निकासीको काम भइरहेको उनले जानकारी दिए ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]




