त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृतकका आफन्त र प्रहरीको भीड, दुई श्रीमती आए सम्पर्कमा

news-details

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

मृतकका आफन्तहरू अहिले कीर्तिपुर अस्पताल परिसरमा जम्मा भएका छन् । अस्पताल परिसरमा आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी टोलीको समेत उपस्थित रहेको छ।

यसअघि प्रहरीले मृतकलाई दावा लामा बताए पनि उनको वास्तविक पहिचान अर्जुन दोङ रहेको खुलेको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का करिब २२ वर्षीय अर्जुनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनका दुई श्रीमती र एक छोरा रहेको पुष्टि भएको छ । उनका परिवारका सदस्यसहित दुवै श्रीमती अहिले अस्पतालमा छन् । अर्जुन सात दाजुभाइमध्ये कान्छा हुन् ।

यसैबीच अर्जुनको मृत्युको विषयलाई लिएर उनका परिवार, आफन्त र यातायात व्यवसायीले कीर्तिपुर बर्न अस्पतालबाहिर प्रदर्शन गरिरहेका छन् । हालसम्म उनको शव अस्पतालबाट निकालिएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया