हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री थापामगरले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ५७ मत र विपक्षमा शून्य मत खसेको उपसभामुख अप्सरा चापागाईंले घोषणा गरिन् ।
आजको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।








