दमक, झापा / निबन्धकार तथा नियात्राकार युवराज नयाँँघरेलाई ‘बुद्धप्रेम साहित्य सम्मान पुरस्कार’ द्वारा पुरस्कृत गर्ने भएको छ । नेपाली निबन्ध र नियात्राको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत नयाँँघरेलाई यो पुरस्कार दिन लागिएको प्रतिष्ठानका संरक्षक तथा प्रतिभा छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठले बताउनु भएको छ । नवगठित साहित्यिक संस्था बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठानले आगामी भदौ १४ गते उक्त पुरस्कार वितरण गर्ने बताइएको छ ।
बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठानको नवगठित कार्यसमितिमा अध्यक्ष सलुजा श्रेष्ठ, उपाध्यक्ष सुजता श्रेष्ठ, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष जस्मिन श्रेष्ठ, सदस्यहरुमा सनम श्रेष्ठ र राजदोङगे श्रेष्ठ, रहनुभएको छ । यसैगरी संस्थाको सल्लाहकारमा खेमलाल पोखरेल, भक्तिमान धिमाल, शंकर चापागाई, डा. व्यञ्जना शर्मा, भुमि प्रसाद दहाल, शिव रेग्मी प्रणत र शारदा श्रेष्ठ रहनु भएको छ ।
साहित्यकार तथा शिक्षासेवी जयबहादुर श्रेष्ठका माता स्व.बुद्धलक्ष्मी श्रेष्ठ तथा पिता स्व.प्रेमबहादुर (टेक)को स्मृतिमा यो साहित्यिक प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा, साहित्यमा समर्पित साधकहरुलाई सम्मानित र पुरस्कृत गरिने यो प्रतिष्ठानले लक्ष्य लिएको छ । पुरस्कारको राशि हाललाई रु.३० हजार नगद रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।








