काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भोलि छुट्टा छुट्टै रिट दायर गर्ने तयारी गरेका हुन् । काँग्रेस संस्थापन पक्षले महाधिवेशन अन्तर्गत कार्यसूची सार्वजनिक गरिसकेको छ ।
सर्वोच्चले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएकोमा उक्त फैसला नभएसम्म सम्पूर्ण प्रक्रिया रोक्न माग गर्ने इतर पक्षको तयारी छ ।








