काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।
कांग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूहले अदालत जाने तयारी थालेको नेता मीन विश्वकर्माले बताए। महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले प्रक्रिया अघि बढाउन नमिल्ने उनको दाबी छ।
विश्वकर्माका अनुसार सम्भव भएसम्म आजै, नभए एक–दुई दिनभित्र सर्वोच्च जाने तयारी छ।
यसअघि देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै आगामी महाधिवेशन देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो। उता सभापति गगन थापाले भने निर्धारित मितिमै महाधिवेशन हुने अडान राख्दै आएका छन्।








