काठमाडौं । रास्वपाले आफ्ना सांसदलाई संसदमा कडाइ गरेको छ ।

सांसदहरू संसद बैठक छाड्दै बाहिरिएपछि रास्वपाले कडाइ गरेको हो । पार्टीले सांसदलाई संसदमा उपस्थित हुन नसक्दा फारम भर्नुपर्ने व्यवस्था गरेको हो ।

बैठकमा उपस्थित हुन नसक्नुको कारणसहित फारम भर्नुपर्नेछ ।

सांसदहरूले संसद बैठकमा पुरै उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बिचमा छाड्नुपर्ने र बैठकको बिचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा संसद् बैठक अनुपस्थित आवेदन फारम अनिवार्य पेश गर्न निर्देशन दिइएको छ।