पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ्य भएपछि सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ।
आइतबार साँझ सवा ६ बजेतिर उनलाई बैतडीको दशरथचन्द नगरपालिका-४ गोठलापानीबाट काठमाडौंतर्फ ल्याइएको हो।
पछिल्ला केही दिनदेखि मन्त्री लम्साल सुदूरपश्चिमको भ्रमणमा छन्। त्यही भ्रमणको क्रममा उनी शनिबार राति गोठलापानीमा बास बस्न पुगेका थिए।
राति देखि नै ज्वरो आउने, घाँटी, हात खुट्टा दुख्ने समस्या देखिएपछि स्थानीय चिकित्सकसँग उपचार गराइएको सूचना अधिकारी थारूले बताए।
आइतबार भने थप उपचारका लागि काठमाडौंतर्फ ल्याउन लागेको हो।








