काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपाल आइपुगेका छन् । उनी चार दिने नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका हुन् ।
उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणका क्रममा सेठले उच्चस्तरीय भेटघाट गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।
उनी बुधबार स्वदेश फर्किने छन् ।








