काठमाडौं । गृहमन्त्री सुधन गुरूङले लेखा समितिमा रास्वपा सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि लगाएको लाञ्छनाप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा आज बोल्दै गृहमन्त्री गुरूङले गृह सचिव र आइजिपीमाथि गरिएको व्यवहारप्रति आफ्नो ध्यानाकर्षणमा भएको बताएका हुन् ।

यो घटनाबाट आफूहरू खुशी नरहेको उनले बताए ।

‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आइजिपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन। यसबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौं।’