डा.धवल शम्शेर राणा नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगेका छन् ।
शुक्रबार उनले आफ्नो नयाँ पार्टी ‘जय नेपाल पार्टी’ दर्ता गराएका हुन् । उनको पार्टीले चुनाव चिन्ह त्रिभुज पाएकाे छ ।
यसअघि उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर दल दर्ता गर्ने तय भएको थियो । तर एकाएक प्रसाईँ भाँडिएपछि उनले मात्रै दल दर्ता गर्न लागेका हुन् ।








