काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलिया विरूद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्तावमा १८ जनाको हस्ताक्षर छ ।
सांसद किरण थापाको पक्षबाट पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।








