कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकनको बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा यसअघि भएको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले पुनरावलोकनको निवेदन सुनुवाइयोग्य ठहर गर्दै प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।
यससँगै कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा पुनः न्यायिक परीक्षणको चरणमा प्रवेश गरेको छ।
यसअघि उक्त फैसलाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै पुनरावलोकन निवेदन दर्ता गराएका थिए। सर्वोच्चको पछिल्लो आदेशसँगै अब उक्त विवादमा पुनः विस्तृत सुनुवाइ हुने बाटो खुलेको छ।








