काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते छन्।

बिहीबार बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेकी छिन् । उनको परिचय खुल्न बाँकी छ ।

घाइते १९ जनालाई बि एण्ड बी अस्पतालमा लगिएको छ। प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको छ ।