काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ भक्तपुरले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालन हुने विभिन्न अनुदानमुखी कार्यक्रमका लागि ६२९ जना कृषि उद्यमी तथा संस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

एकाइले साउन ५ गते पहिलो पटक सूचना प्रकाशित गर्दै भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका विभिन्न बाली जोन क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरूमा सहभागी हुन इच्छुक सूचीकृत कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति, निजी कृषि फर्म तथा कृषि कम्पनीलाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो।

प्रचलित कानुन, स्वीकृत कार्यविधि, निर्देशिका, म्यानुअल तथा नर्म्सअनुसार सञ्चालन हुने कार्यक्रमअन्तर्गत छनोट भएका लाभग्राहीलाई तोकिएको लागत सहभागिताका आधारमा अनुदान उपलब्ध गराइने जनाइएको छ।

इच्छुक संस्था तथा फर्मका आधिकारिक प्रतिनिधिले कार्यालयले तोकेको ढाँचामा आवेदन फाराम भरी आवश्यक कागजातसहित कार्यक्रम कार्यान्वयन एकाइ भक्तपुर वा सम्बन्धित जोन प्राविधिक एकाइ ललितपुर तथा काठमाडौं मा प्रस्ताव दर्ता गर्न सक्नेछन्।

सूचनाअनुसार प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३ भदौ ८ गते तोकिएको छ। उक्त अवधिभित्र आवश्यक कागजात र तोकिएको लागत सहभागितासहित प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रम कार्यान्वयन एकाइ भक्तपुरका एकाइ प्रमुख चूडामणि भट्टराईले कृषि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्न इच्छुक कृषक, कृषि उद्यमी, सहकारी, कृषि फर्म तथा कम्पनीलाई समयमै प्रस्ताव पेश गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

एकाइका अनुसार यो कार्यक्रमले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण, आधुनिक प्रविधिको विस्तार तथा कृषिमा उद्यमशीलता प्रवर्द्धन गर्दै तीन जिल्लाका कृषक तथा कृषि व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

कृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वानकृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वानकृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वानकृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वानकृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वानकृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वान