राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहबिच भेटवार्ता भएको छ । बिहीबार राति राष्ट्रपति भेट्न प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए।

भेटमा राष्ट्रपति पाैडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका छन् ।

देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतल निवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्‌भाव कायम गर्न सुझाव दिएका थिए।