काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न तीनदिने औपचारिक भ्रमणमा आज कतार प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आजदेखि १६ जुलाईसम्म कतार भ्रमणमा रहनेछन् ।

उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति यादवको साथमा उच्च पदस्थ सरकारी अधिकारीहरू पनि रहनेछन् ।

उपराष्ट्रपति यादव १६ जुलाईमा स्वदेश फर्कनेछन् ।