नेपाल घरेलु तथा साना उद्योग महासंघको उपाध्यक्षमा यादव अधिकारी निर्वाचित हुनु भएको छ । उहाँ महासंघको २६ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

संखुवासभाका अधिकारी लोकप्रिय मतकासाथ निर्वाचित हुनु भएको हो । लामो समयदेखी उहाँ यस घरेलु तथा साना उद्योगको क्षेत्रमा काम गर्दै आउनु भएको थियो । साना उद्यागी र ब्यवसायीहरुको हकहित र अधिकारको क्षेत्रमा उहाँको सकृयता लामो समयदेखी छ ।
नव निर्वाचित अधिकारीले आफू निरन्तर रुपमा यस क्षेत्रमा लागी रहने र उनीहको अधिकार रक्षा र समस्या समाधानमा प्रतिबद्ध रहने बताउनुभयो ।








