भक्तपुर। गुणस्तरीय शिक्षा, सिर्जनशीलता तथा विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ युरो स्कुल सृजनानगर, भक्तपुरले आफ्नो ११औँ वार्षिकोत्सव कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, अतिथि, शुभेच्छुक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमभरि विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, अभिभावकहरूको उत्साह र विद्यालय परिवारको सक्रिय सहभागिताले वातावरण अत्यन्त उत्सवमय बनेको थियो।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त वार्षिकोत्सव कार्यक्रम विद्यालयले विशेष तयारीका साथ सम्पन्न गरेको हो। विद्यार्थीहरूको प्रतिभा, सिर्जनात्मकता र मञ्च प्रस्तुती क्षमतालाई अभिव्यक्त गराउने उद्देश्यले कार्यक्रमलाई विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिहरूले समृद्ध बनाइएको थियो।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक तथा अध्यक्ष नवराज काफ्लेले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको छनोट भने निकै फरक र प्रेरणादायी ढंगबाट गरिएको थियो। उपस्थित अभिभावकहरूमध्ये सबैभन्दा ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथिको रूपमा चयन गरिएको थियो। बालबालिकाको कार्यक्रममा ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाउने यो अभ्यासले उपस्थित सबैको मन जित्नुका साथै कार्यक्रमलाई अझ अर्थपूर्ण र भावनात्मक बनाएको थियो। कार्यक्रममा विद्यालयकी संस्थापक तथा प्रिन्सिपल सम्झना गिरी, अन्य विशिष्ट अतिथि, अभिभावक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका संस्थापक तथा अध्यक्ष नवराज काफ्लेले विद्यालयप्रति अभिभावकहरूले देखाएको विश्वास र सहयोगप्रति आभार व्यक्त गरे। उनले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञान मात्र नभई जीवनोपयोगी सीप, संस्कार, अनुशासन तथा नेतृत्व क्षमताको विकासमा विशेष ध्यान दिइरहेको बताए। काफ्लेले बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आधुनिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति अपनाइएको उल्लेख गर्दै विद्यालयले विद्यार्थीलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने लक्ष्य राखेको बताए। काफ्लेले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई केवल शैक्षिक रूपमा सक्षम मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष, आत्मविश्वासी र सक्षम नागरिकका रूपमा विकास गर्ने विद्यालयको दीर्घकालीन लक्ष्य रहेको स्पष्ट पारे।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वार्षिकोत्सव कार्यक्रमको मुख्य आकर्षण भने विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति रहेका थिए। विशेषगरी नेपाली संस्कृतिको झल्को दिने लोकनृत्य, आधुनिक नृत्य तथा सांस्कृतिक झाँकीहरूले दर्शकहरूको मन जितेका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका अन्य विशेष प्रस्तुतीहरुले सामाजिक सन्देश, अनुशासन, शिक्षा, वातावरण संरक्षण तथा सकारात्मक जीवनशैलीजस्ता विषयहरुको रोचक र प्रभावकारी ढंगले झल्को दिएको थियो।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

मञ्चमा विद्यार्थीहरूले आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दिँदा उपस्थित अभिभावकहरू अत्यन्त उत्साहित बनेका थिए। आफ्ना सन्तानहरूको प्रतिभा र मेहनत प्रत्यक्ष देख्दा अभिभावकहरू ताली बजाउँदै उत्साह व्यक्त गरिरहेका थिए। कतिपय अभिभावक आफ्ना नानीहरूको प्रस्तुति देखेर भावुक समेत बनेका थिए। कार्यक्रमभरि उल्लास, उत्साह र भावनात्मक क्षणहरू झल्किरहेका थिए।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

समग्रमा बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वासको उत्कृष्ट प्रदर्शन भएको यो वार्षिकोत्सव कार्यक्रम अत्यन्त सफल र स्मरणीय बनेको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरेको प्रयास, शैक्षिक वातावरण र अनुशासनप्रति उच्च प्रशंसा व्यक्त गरेका थिए।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

यसैबीच विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया पनि सुरु भएको जनाएको छ। विद्यालयका अनुसार युरोकिड्स भक्तपुरमा प्ले ग्रुपदेखि यूकेजीसम्म तथा युरो स्कुलमा कक्षा १ देखि ९ सम्म सीमित सिटमा भर्ना खुला गरिएको छ। विद्यालय परिवारले आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्दै विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सव कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणतर्फ विद्यालयको दृढ प्रतिबद्धतालाई उजागर गरेको सहभागीहरूले बताएका छन्।

युरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्नयुरो स्कुल भक्तपुरको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न