काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ छन् ।
प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।
यस्तै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेनजी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो ।








