काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले फागुन २१ गते हुने निर्वाचनपछि संसदमा प्रतिपक्षी पनि नयाँ हुनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले फागुन २१ गते कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने टिप्पणी गरेका छन् ।

‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन ।’ उनले लेखेका छन् । साथै, उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भई आजबाट सार्वजनिक जीवनमा फर्किएको जानकारी पनि गराएका छन् ।