ललितपुर — पूर्वमन्त्री खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ठूलो संख्यामा समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका खरेलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले अबको आफ्नो जीवन ललितपुर–२ को विकास निर्माण, स्थानीय जनताको आवश्यकताको सम्बोधन तथा समग्र मुलुक निर्माणमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।

जेनजी आन्दोलनपछि बनेको सरकारमा सूचना तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका खरेलले आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढाउन सोमबार बेलुका मन्त्री पदबाट राजीनामा दिएका थिए।