काठमाडौँ — प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावललाई नेकपा एमालेको तर्फबाट अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
रावल अछाम जिल्लाको मेल्लेख गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय रावल संगठन निर्माण तथा नेतृत्व क्षमताका कारण परिचित छन्।
उक्त क्षेत्रमा रावलसँगै कमलराज तिमिल्सेना, झपट बोहरा तिमिल्सेना, मनसरा साउद, कृष्णप्रसाद जैसी, तिलक कुँवर, मोती वि.क., पूर्ण साउद र केशर साउद पनि उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
वि.स. २०७९ माघ २७ देखि मञ्चको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका व्यवसायी रावल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सदस्यसमेत हुन्। मञ्चका संस्थापक सदस्य रहेका रावलले दुई कार्यकाल सदस्य, दुई कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल महासचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।







