बालमैत्री, आधुनिक तथा संस्कारयुक्त शिक्षाका लागि परिचित युरो किड्स & युरो स्कुल, इमाडोलले हजुरबुवा–हजुरआमा दिवसको अवसरमा विशेष तथा भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमले विद्यालय, परिवार र समाजबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै तीन पुस्ताबीचको आत्मीयता, सम्मान र सहकार्यको सन्देश प्रवाह गरेको थियो।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

युरो किड्स & युरो स्कुलका अध्यक्ष नवराज काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेल प्रमुख अतिथि रहेका थिए । अत्यन्तै आकर्षक र सुन्दर रूपमा सजाइएको विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा अभिभावक, हजुरबुबा–हजुरआमा, शिक्षक–शिक्षिका, विद्यालयकी प्रबन्ध निर्देशक सम्झना गिरी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रमका सभापति तथा युरो स्कुलका अध्यक्ष नवराज काफ्लेले आफ्नो मन्तव्यबाट कार्यक्रमको भावनात्मक र सन्देशमूलक दिशा स्पष्ट पारे। उनले युरो किड्स केवल शैक्षिक संस्था मात्र नभई संस्कार, सम्बन्ध र सामाजिक जिम्मेवारीको पाठशाला भएको उल्लेख गर्दै हजुरबुवा–हजुरआमाको आशीर्वाद, अनुभव र नैतिक शिक्षाले बालबालिकाको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे। काफ्लेले यस्ता कार्यक्रमहरूले तीन पुस्ताबीचको दूरी घटाउँदै पारिवारिक मूल्य र सामाजिक एकता बलियो बनाउने बताउँदै विद्यालयले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै, उनले गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र मूल्य–आधारित शिक्षामा कुनै सम्झौता नगर्ने विद्यालयको स्पष्ट अडान दोहोर्याए।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

त्यस्तै, युरो स्कुल इमाडोलका प्रधानाध्यापक ख्यामनाथ तिम्सीनाले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक तथा हजुरबुवा–हजुरआमालाई हार्दिक स्वागत गर्दै विद्यालयको शैक्षिक दर्शन, मूल्य–मान्यता र दीर्घकालीन योजनाबारे स्पष्ट रूपमा प्रकाश पारे । नर्वे र फिनल्याण्ड जस्ता शिक्षा क्षेत्रमा अग्रणी मुलुकहरूमा अध्ययन तथा अध्यापनको अनुभव हासिल गरेका उनले अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति, बालकेन्द्रित सिकाइ, व्यवहारिक ज्ञान र संस्कारयुक्त शिक्षालाई नेपालमै लागू गर्ने विद्यालयको प्रतिबद्धता व्यक्त गरे । तिम्सिनाले युरो किड्स स्कुल, इमाडोललाई आगामी दिनमा कक्षा १२ सम्म विस्तार गर्ने योजना रहेको जानकारी दिँदै, शैक्षिक संरचना मात्र नभई चरित्र निर्माण, नेतृत्व विकास र जीवनोपयोगी सीपमा पनि विद्यालय केन्द्रित रहने बताए ।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रमका क्रममा युरो किड्स, इमाडोलकी प्रधानाध्यापक निशा थापाले ‘हजुरबुवा–हजुरआमा’ विषयक कविता वाचन गरीन् । उक्त कविताले हजुरबुवा–हजुरआमाको माया, त्याग र संस्कारलाई भावनात्मक रूपमा उजागर गर्दै उपस्थित सबैलाई भावुक बनाएको थियो र कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि सञ्चारमन्त्री जगदीश खरेलले आफ्नो मन्तव्यमा युरो किड्स & युरो स्कुलले यस्ता कार्यक्रममार्फत बालबालिका, अभिभावक र हजुरबुवा–हजुरआमाबीचको सम्बन्ध मजबुत बनाएकोमा प्रशंसा गरे। विद्यार्थीहरूको कला प्रदर्शन देखेर आफू अत्यन्तै प्रभावित भएको बताउँदै उनले विद्यालयले प्रतिभा, अनुशासन र संस्कारलाई समान महत्व दिएको उल्लेख गरे। मन्त्री खरेलले देशको वर्तमान अवस्थाबारे बोल्दै राजनीतिक अस्थिरताका कारण धेरै छोरा–छोरी विदेशिन बाध्य भएको यथार्थ औंल्याए। उनले आगामी पुस्ताका लागि नेपालमै सुरक्षित, समृद्ध र अवसरयुक्त वातावरण सिर्जना गर्न सही नेतृत्व चयन र सचेत नागरिकको भूमिका अपरिहार्य रहेको कुरामा पनि जोड दिए ।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

यस्तै, एक जना हजुरबुवाले सबै हजुरबुवा–हजुरआमाको तर्फबाट मन्तव्य दिँदै विद्यालयप्रति आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रमले तीन पुस्ता बिचको सम्बन्ध अझ नजिक ल्याएको बताए ।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रममा कलाकार तथा विद्यार्थीहरूले नृत्य, गायन, योग, कराते प्रदर्शन जस्ता विविध सांस्कृतिक तथा शारीरिक गतिविधिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। साथै, हजुरबुवा–हजुरआमाका लागि आयोजना गरिएको विविध मनोरञ्जनात्मक खेलकुद कार्यक्रमले सबैको उत्साह र सहभागिता बढाएको थियो।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

युरो किड्स & युरो स्कुल, इमाडोलले आयोजना गरेको हजुरबुवा–हजुरआमा दिवस कार्यक्रम केवल एक औपचारिक समारोह मात्र नभई शिक्षा, संस्कार, परिवार र समाजलाई एकै सूत्रमा बाँध्ने प्रेरणादायी अभियानका रूपमा सफल भएको छ। बालमैत्री वातावरण, अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय सोच र नेपाली संस्कारको संयोजनसहित युरो किड्स स्कुलले गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्दै आएको स्पष्ट देखिन्छ।

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

युरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स & युरो स्कुल इमाडोल ललितपुरमा हजुरबुवा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न