शनिबार युरो किड्स/युरो स्कुल गोठाटारले हजुरबुबा–हजुरआमा दिवस उत्साह र सम्मानले भरिएको वातावरणमा मनाएको छ। प्ले–ग्रुपदेखि प्रिस्कुल तहका बालबालिकाले प्रस्तुत गरेका गीत, नृत्य, कराते डेमोन्स्ट्रेशन तथा विविध सांस्कृतिक गतिविधिले उपस्थित अभिभावक, हजुरबुबा–हजुरआमा र अतिथिहरूलाई मन्त्रमुग्ध पारेको छ।

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो। ‘बच्चाको पहिलो शिक्षक हजुरबुबा–हजुरआमा’ भन्ने मूल भावनालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको थियो।

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कागेश्वरी मनोहरा–८ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरिभक्त पुडासैनीले विद्यालयले छोटो अवधिमै समुदायमा सकारात्मक प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै भने, “युरो किड्स गोठाटार बालमैत्री सिकाइको उत्कृष्ट उदाहरण बन्दै गएको छ। वडा कार्यालयबाट यस्ता शैक्षिक प्रयासहरूलाई आवश्यक सहयोग सधैं उपलब्ध हुनेछ।”

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

युरो किड्सका अध्यक्ष नवराज काफ्लेले हजुरबुबा–हजुरआमाको भूमिका बालबालिकाको संस्कार र मूल्य शिक्षामा आधारभूत रहेको उल्लेख गर्दै भने, “हजुरबुबा–हजुरआमा दिवस केवल औपचारिक कार्यक्रम होइन, तीन पुस्ताबीचको भावनात्मक सम्बन्ध झनै घनिष्ट बनाउने अवसर हो। यसले बच्चामा कृतज्ञता, अनुशासन र ममताको भावनाको विकास गर्छ।”

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

त्यस्तै, विद्यालयका प्रबन्ध निर्देशक हेमन्त गौतमले संस्थाले अब विस्तार र गुणस्तरलाई समानान्तर अघि बढाउने योजना राखेको उल्लेख गर्दै भने, “आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा १ सञ्चालन गर्ने निर्णय गरिसकिएको छ। प्रिस्कुलदेखि प्राथमिक तहसम्म गुणस्तरीय बालमैत्री शिक्षाको नयाँ अध्याय सुरु गर्दै हरेक वर्ष एक कक्षा थप्दै स्कूललाई व्यवस्थित रूपमा विस्तारित गरिनेछ।”

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

विद्यालयकी प्रिन्सिपल सम्झना गिरीले गतिविधि–आधारित सिकाइले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र सामाजिक विकासमा ठूलो प्रभाव पर्ने बताउँदै भनिन्, “हामी ‘खेल्दै–रमाउँदै–सिक्दै’ भन्ने दर्शनमा आधारित भएर काम गर्छौँ। गतिविधि र व्यवहारिक सिकाइको समिश्रणले बच्चाले सिकेको कुरालाई जीवन्त रूपमा अनुभूति गर्न मद्दत गर्छ।”

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

त्यसैगरी, स्कुल कोर्डिनेटर रश्मी सुवालले बालबालिकाको प्रस्तुति क्षमतामा आएको सुधारलाई विद्यालयको निरन्तर अभ्यास र सहयोगको नतिजा बताउँदै भनिन्, “प्रत्येक बच्चामा अलग–अलग प्रतिभा हुन्छ। यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास विकास गर्छ र उनीहरूले आफूभित्रको क्षमतालाई स्वतः उजागर गर्ने साहस पाउँछन्।”

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रममा उपस्थित हजुरबुबा–हजुरआमाले नातिनातिनीको प्रस्तुति देखेर खुशी, गर्व र भावुकता व्यक्त गर्दै भने, “बच्चाहरूको आत्मविश्वास र संस्कार देखेर विद्यालयको शिक्षा पद्धति साँच्चै उत्कृष्ट छ भन्ने महसुस भयो।”

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

विश्वभर १४ सयभन्दा बढी शाखा रहेको युरो किड्स प्रिस्कुल नेटवर्कअन्तर्गत गोठाटार शाखा नयाँ (कान्छो) भए पनि छोटो समयमै अभिभावकहरूको विश्वास जित्न सफल भएको छ। गोठाटार शाखालाई अभिभावकहरूले ‘लगनशील र परिणाममुखी’ विद्यालयको रूपमा विश्वास गरेका छन् । प्रभावकारी गतिविधि–आधारित सिकाइ, अनुभवी तथा प्रशिक्षित शिक्षक, सुरक्षित, बालमैत्री र आकर्षक कक्षाकोठा, सृजनशील कार्यक्रमहरूको नियमित आयोजना, बच्चाको व्यक्तिगत आवश्यकता अनुसारको हेरचाह, आधुनिक शिक्षण विधि र सकारात्मक वातावरण जस्ता तत्त्वहरूले विद्यालयलाई अत्यन्त छोटो अवधिमै समुदायको प्रमुख रोजाइ बनाएको विद्यालयले जनाएको छ।

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै विद्यालयले आगामी दिनमा अझ प्रभावकारी, आधुनिक र बालमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न

युरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्नयुरो किड्स गोठाटारमा हजुरबुबा–हजुरआमा दिवस भव्य रूपमा सम्पन्न