भक्तपुरस्थित युरोकिड्सले विद्यार्थीको जन्मदिनलाई अनौठो तरिकाले मनाउने नयाँ परम्परा सुरु गरेको छ। साधारण रूपमा केक काटेर मात्र सीमित गर्ने प्रचलनलाई परिवर्तन गर्दै विद्यालयले “Euro Helping Fund” को सुरुवात गरेको छ, जसबाट संकलित रकम समाजका अपाङ्गता भएका बालबालिकाको जीवन सुधारमा प्रयोग हुँदैछ।

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण

हालै सोही अभियानमार्फत संकलित रु. ३५,१४५ रकम इनेबल नेपाललाई हस्तान्तरण गरिएको छ। यस संस्थाले हात नभएका बालबालिकालाई निःशुल्क कृत्रिम हात उपलब्ध गराउँदै आईरहेको छ।

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण

विद्यालयमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष नवराज काफ्लेले उक्त रकम इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे ।

अध्यक्ष काफ्लेले सहयोग रकम हस्तान्तरण गर्दै भने, “हामीले विद्यार्थीहरूको जन्मदिनलाई केवल उत्सवको रूपमा मात्र होइन, सामाजिक उत्तरदायित्वका रूपमा मनाउने उद्देश्यले ‘Euro Helping Fund’ सुरु गरेका हौं। हाम्रो लक्ष्य विद्यार्थीलाई सानो उमेरमै दया, सहानुभूति र सामाजिक जिम्मेवारीबोध गराउने हो। अभिभावकहरूको विश्वास र समर्थनकै कारण हामी यस्तो अर्थपूर्ण काम गर्न सक्षम भएका छौं। आगामी दिनहरूमा पनि अभिभावक तथा सम्पूर्ण समुदायबाट निरन्तर साथ र सहयोगको अपेक्षा राख्छौं।”

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण

त्यसैगरी इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले युरोकिड्स भक्तपुरप्रति आभार प्रकट गर्दै भने, “युरोकिड्स भक्तपुर परिवारको यस योगदानले हात नभएका बालबालिकालाई कृत्रिम हात उपलब्ध गराउन ठूलो सहयोग पुग्नेछ। यसले उनीहरूको आत्मविश्वास मात्र होइन, भविष्य निर्माणमा पनि सकारात्मक प्रभाव पार्नेछ र बालबालिकालाई बाल्यकालमै सामाजिक उत्तरदायित्वबारे सिकाउने यस्ता कार्यहरू अत्यन्तै प्रशंसनीय छन्। यसले उनीहरूमा मानवीयता र सहानुभूतिको भावना विकास हुन्छ, जुन आगामी पुस्ताका लागि अमूल्य सम्पत्ति हो।”

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण

विद्यालयकी प्रिन्सिपल सम्झना गिरीले थपिन्, “हामी केवल किताबका अक्षर मात्र पढाउने चाहना राख्दैनौं, बरु विद्यार्थीलाई ‘सानो योगदानले ठूलो परिवर्तन सम्भव छ’ भन्ने पाठ पनि दिन चाहन्छौं।”

सो अवसरमा इनेवल नेपाल तथा युरो किड्समा आवद्ध रहेका हेमन्त गौतमले विद्यार्थीहरुलाई सानै उमेरमा सामाजिक र सहयोगी बन्नका लागि यस्ता अभियान फलदायी हुने बताए ।

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण

यस अवसरमा विद्यार्थी र संस्थाका प्रतिनिधिहरू सहभागी थिए। उपस्थितहरूले युरोकिड्स भक्तपुरले सुरु गरेको सामाजिक उत्तरदायित्वपूर्ण अभ्यासले सम्पूर्ण समुदायमा प्रेरणा थप्ने विश्वास व्यक्त गरेका छन्।

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरणयुरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण

युरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरणयुरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरणयुरोकिड्स भक्तपुर : विद्यार्थीको जन्मदिन अब समाजसेवामा रूपान्तरण