काठमाडौं । यूरोकिड्स गोठाटारले शुक्रबार बुबाको मुख हेर्ने दिनलाई स्मरणीय बनाउन विशेष कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा बालबालिकाले आफ्ना बुबाको सम्मानमा नृत्य तथा गीत प्रस्तुत गर्दा उपस्थित अभिभावकहरू उत्साह र भावनाले भरिएका देखिन्थे।

यूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सव

सम्पूर्ण अभिभावकको सहभागिता रहेको कार्यक्रममा विद्यालयले उनीहरूलाई समेत संलग्न गराउने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन गर्‍यो। यसले कार्यक्रममा थप रमाइलोपन ल्याएको सहभागीले बताएका छन्।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष नवराज काफ्लेले यस्ता अवसरहरूले बालबालिकामा परिवारप्रतिको जिम्मेवारी, संस्कार र आदर्शबोध बलियो बनाउने बताए। उनले भने, “विद्यालयको भूमिका केवल शिक्षा दिने मात्र होइन, समाज र संस्कृतिसँग बालबालिकालाई जोड्ने पनि हो। हामीले हरेक नानीलाई परिवार र समाजप्रति उत्तरदायी बनाउन यस्ता अवसरलाई निरन्तरता दिनेछौँ।”

यूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सव

 

सो अवसरमा अभिभावकहरूले विद्यालयको यो कदमलाई प्रशंसनीय बताएका थिए। एक अभिभावकले भने, “आज नानीहरूको प्रस्तुति हेर्दा हृदय छोयो। यस्तो अवसरले परिवारबीचको सम्बन्ध अझ नजिक ल्याउँछ।” अर्का अभिभावकले भने, “विद्यालयले पढाइसँगै संस्कार र व्यवहारिक शिक्षा पनि दिंदै आएको छ, जुन अभिभावकका लागि गर्वको कुरा हो।”

यूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सव

कार्यक्रममा विद्यालयकी सम्योजक रश्मी सुवालले समेत आफ्ना धारणा राखिन्। उनले भनिन्, “बुबाको मुख हेर्ने दिन जस्ता अवसरहरूले बालबालिकामा कृतज्ञता र आदरको भावना जागृत गर्छ। विद्यालयले शैक्षिक विकाससँगै जीवन मूल्य र संस्कृतिप्रतिको सम्मान सिकाउने लक्ष्य राखेको छ।” सुवालका अनुसार विद्यालयले अभिभावक र बालबालिकाबीचको भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।

यूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सव

विद्यालयका प्रबन्ध निर्देशक हेमन्त गौतमका अनुसार पछिल्लो समय यूरोकिड्स गोठाटारमा विद्यार्थी भर्ना उल्लेखनीय रूपमा बढेको छ। अनुभवी शिक्षक, बालमैत्री वातावरण र व्यावहारिक शिक्षण पद्धतिका कारण विद्यालय अभिभावकमाझ विश्वासिलो बनेको उनको भनाइ छ। उनका अनुसार बालबालिकाको व्यक्तित्व विकास र सांस्कृतिक चेतना अभिवृद्धिका लागि विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

यूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सव

यूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सवयूरोकिड्स गोठाटारमा बुबाप्रति सम्मान व्यक्त गर्दै विशेष उत्सव