काठमाडौं, गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको अधिवेशननले २०२५–२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ । नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका छन ।

एनआरएनए कम्बोडिया : पराजुलीको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन

कार्यसमितिको उपाध्यक्षमा प्रदीप अधिकारी,राजन कुवर, रामजी छेत्री,सोनु तामाङ, महिला उपाध्यक्षमा उमा बुढाथोकी, महासचिवमा दीपेन्द्र केसी, सचिवमा रुद्र तामाङ, प्रबक्तामा डा.मो .जमिरुल हक निर्विरोध चएन भएका छन ।

कार्यक्रममा एनआरएनए साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याले कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे । पाध्याले ‘एशियाको यो क्षेत्रमा ‘डिजिटल अभिमुखिकरण र समाधान संयन्त्र’ श्रमिक सुरक्षाको अभियान,नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धन जस्ता कार्यमा नेपाल र नेपालीका लागि एउटै माला र भावनामा बाँधिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा एनआरएनए कम्बोडियाका संस्थापक अध्यक्ष एबम सफल ब्याबसायी राजकुमार भुजेलले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै हाल एनआरएनएमा जुङ्गाको लडाई र आपसी द्वन्द बढेकोमा चिन्ता ब्यक्त गर्दै तेस्को अन्त्य हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा एनआरएनए आईसिसी सदस्य एबम कम्बोडियाका सफल ब्याबसायी ज्ञानु रानाले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै एनआरएनएले आफ्नो नाराअनुसार काम गर्नेपर्ने बताए ।

कार्यक्रममा निबर्तमान अध्यक्ष लालसिंह खड्काले यो एउटा अभियान भएकाले सबै सहकार्य गरेर हातमा हात मिलाएर अगाडी बढन आग्रह गरे । उनले आफू पदमा निबर्तमान भएपनी नेपालीको दुख सुखमा जतिबेला सङ्गै हुने बताए ।