नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीनदिनसम्म झण्डा आधा झुकाएर शोक मनाउने

news-details

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ ।

कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाएर शोक मनाउने भएको हो ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै असार ४, ५ र ६ गते झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले असार ५ गते ९भोली० केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्नुका साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ ।

यसका साथै कांग्रेसले स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने भएको छ ।

अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *