हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे

news-details

हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसी मरेका छन । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, दुई घाइते र नौ वटा भैँसी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

बागमती नगरपालिका–३, जिरायतमा व्यावसायिक रुपमा भैँसी पालन गर्दै आएका रामप्रताप रायको खपडाले छाएको गोठ बुधबार बिहानीपखको हावाहुरीले भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएको उनको भनाइ छ ।

बागमती क्षेत्रमा हावाहुरीसहित राति पानी र ठूलो हावाहुरी चले पनि जिरायतमा यो घटनाबाहेक अन्य क्षतिको बारे जानकारी नआएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *