कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

news-details

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

बैठक कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो ।

शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *