कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

news-details

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्न लागेको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकको एजेन्डाबारे भने औपचारिक जानकारी दिइएको छैन् । यद्यपि, पछिल्लो समयको राजनीतिक परिवेशलाई ध्यानमा राख्दै बैठकमा समसामयिक विषयवस्तुहरूमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *