मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

news-details

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् ।

आगलागीको जानकारी लगत्तै काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।

शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो । आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् ।

स्थानीय बासिन्दाहरूले ठूलो आर्थिक क्षति भएको जनाउँदै सरकारसँग राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *